‘बोकाले भैँसीको सिङ थेग्न सकेन'

पोष्टराज पहाडी ,
सिन्धुली माघ १३ ।
 नेकपा एमालेका केन्द्रिय सदस्य योगेश भट्टराईले एकिकृत माओवादीलाई ‘बोका’ को संज्ञा दिदै ‘बोकाले भैसीको सिङ थेग्न नसकेको व्यङ्ग्य गर्नुभएको छ । माओवादीको क्षमता नहुँदा नहुँदै पनि जनताले माओवादीको डरले गर्दा संविधान सभाको निर्वाचनमा सबैभन्दा ठूलो दल बनाएर पठाउएको भन्दै उसले ठूलो दलको भार थाम्न नसकेको बताउनुभयो । ‘जनताले माओवादीलाई ठूलो दल बनाएर पठाए,’ उहाँले भन्नुभयो  – ‘बोकाको टाउकोमा भैँसीको सिङ लगाइदिदा माओवादीले भैसीको सिङ थेग्न सकेन ।’
नेकपा एमाले सिन्धुली क्षेत्र नं.३ को दोश्रो क्षेत्रीय अधिवेशनको आज शनिबार जिल्लाको कपिलाकोटमा उद्घाटन गर्दै भट्टराइले आफ्नै सन्तानको रुपमा संविधान सभालाई लिएको माओवादीले अन्त्यमा आएर आफैले हत्या गरेको आरोप लगाउनुभयो । संविधान सभाको ठुलो दल बनेर आफ्नै सन्तानको रुपमा लिएको संविधान सभाको हत्या गर्नु त्यहा भन्दा ठुलो अपराध केहि नहुने उनको भनाई थियो । भट्टराईले हतियारको राजनिती गर्ने र हत्या गर्नेले संविधान लेख्न नसक्ने ठोकुवा गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका भट्टराईले माओवादीको भाग्नुको विकल्प नरहेको बताउनुभएको छ । उहाँले पोखरा विमानस्थल, त्रिशुली ‘ए’ थ्रि जलविद्युत आयोजना, लडाकुको रकम लगायत भ्रष्टचार गर्ने माओवादीलाई जनताले लखेट्ने भन्दै अव भाग्नुको विकल्प नभएको बताउनुभएको हो ।  दैलेखमा डेकेन्द्र थापालाई जिउदै गाडेको, सिन्धुलपाल्चोकका पत्रकार ज्ञानेन्द्र खड्कालाई निर्ममता पूर्वक हत्या गरेको भन्दै भट्टराईले माओवादी कहिल्यै स्वर्ग नजाने तर्क गर्नुभयो  । माओवादीले १० वर्ष जनयुद्ध नभई हिंसा गरेको टिप्पणी गर्दै उहाँले भन्नुभयो  –‘जनयुद्ध जनताको हितमा हुन्छ तर माओवादीले गरेको १० वर्षे जनयुद्ध जनताको हितमा थिएन । त्यसैले त्यो जनयुद्ध होइन त्यो त हिंसा हो ।’
आफ्नो भाषणको अधिकांश समय एकिकृत माओवादीको चर्चामा खर्चनुर्भएका भट्टराईले जनयुद्ध पछि आफ्नो हतियार विसाए पछि माओवादीको सिद्धान्त सकिएको टिप्पणी गर्नुभयो । १५ वर्ष सम्म माओवादीको सिद्धान्त हतियार सहितको राजनिती भएको भन्दै हतियार विसाएपछि उसको राजनितीक दिशा विहिन भएको बताउनुभयो ।    
 अहिलेको माओवादी माओवादी नभएको भन्दै भट्टराईले माओवादीको भूत हटाउन आन्दोलनको आगो सुरुवात गरेको बताउनुभयो । अधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य विषमलाल अधिकारी दनुवार, नेकपा एमाले केन्द्रिय प्रतिनीधि परिषद सिन्धुली क्षेत्र नं. १ का सदस्य गणेश पहाडी, नेकपा एमाले सिन्धुलीका जिल्ला कमिटी अध्यक्ष कमलजंग राई, नेकपा एमाले केन्द्रिय प्रतिनिधी परिषद सदस्य उमा कोइराला, अनेरास्ववियू जनकपुर अञ्चल सह–संयोजक दिपेश बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ ।

Related

स्थानिय 5210302634262181715

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item