माओवादी हस्तक्षेपकारी भुमिकामा जादै : प्रचण्ड


  महोत्तरी,माघ १३ । 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दुई चार दिन भित्रमा दलहरुबीच सहमति भएर निकास ननिस्किए जनता विद्रोहमा उत्रने बताउनु भएको छ । एमाओवादी महोत्तरीको आज जलेश्वरमा भएको पहिलो जिल्ला अधिबेशन उद्घाटन गर्दै  प्रचण्डले संघियता सहितको संविधान निर्माणको लागि अव माओवादीले हस्तक्षेपकारी भूमिका खेल्ने बताउनु भयो । मधेशवादी पार्टीको जननी पनि माओवादी नै भएको तर्क गर्दै उहाँले अब संघियता सहितको संबिधान निर्माणको लागि मधेशबाट उठ्ने आन्दोलनको अगुवाई पनि माओवादीले नै गर्ने बताउनु भयो । 

२१ बर्ष अघि २०४८ सालमा भएको पार्टीको महाधिबेशनमा आफैले प्रस्तुत गरेको कार्यदिशाले सिङ्गो देशलाई नै उथलपुथल गर्ने गरी १० बर्षे जनयुद्ध भएर मुलुकमा राजनैतिक परिवर्तन भएको स्मरण गर्दै उहाँले संयोगले यहि माघ २० गतेदेखि हुने महाधिबेशनमा पनि पार्टीको कार्यदिशा प्रस्तुत गर्ने जिम्मा आफ्ने काँधमा आएको बताउनु भयो । अबको महाधिबेशनमा आफूले प्रस्तुत गर्ने कार्य दिशाले मुलुकको आर्थिक विकासको मार्ग पहिल्याउने प्रचण्डको भनाई थियो । कार्यक्रमा एमाओवादीका उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले सरकार र माओवादी विरुद्ध पत्रकारहरुलाई गलत ढंगले प्रयोग गर्ने प्रयत्न भैरहेको बताउनु भयो । प्रधानमन्त्री भट्टराईले पत्रकार र प्रेसको हितमा सरकारले दुई तीन दिन भित्रमै एकीकृत प्याकेज ल्याउने बताउनु भयो । त्यस्तो प्याकेज के हो भन्ने विषयमा भने उहाँले केहि बताउनु भएन ।

Related

राष्ट्रिय 4389300289317106092

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item