फुटबल मैदानको हिंसाका दोषी २१ लाई मृत्युदण्ड

http://sindhulidarpan.blogspot.com/2013/01/sports_26.html
काठमाण्डौ,माघ १३ ।
फुटवल मैदानमा भएको हुलदंगामा दोषी ठहर गर्दै इजिप्टको एक अदालतले २१ जनालाई मृत्युदण्डको सजायँ सुनाएको छ । सन् २०१२ को फेब्रुअरीमा फुटबल मैदानमा दंगा गरेको र विपक्षी समर्थकमाथि आक्रमण गरेको अभियोगमा दोषी पाईएपछि उनीहरुलाई मृत्युदण्डको सजायँ सुनाएको हो ।
इजिप्टको पोर्ट सेयद टेडियममा स्थानीय अल माश्री क्लव र कायरोको अल आहली क्लवबीच लिग खेल भैरहेका बेला भएको हुलदंगामा ७४ जनाको ज्यान गएको थियो । अल माश्री क्लवका समर्थकहरुले विपक्षी समर्थकलाई ढुंगामुढा गर्नुका साथै अल आहली क्लवका खेलाडीलाई लखेट्न मैदानमै प्रवेश गरेका थिए । अदालतका न्यायाधिसले अरु ५२ जना आरोपी माथिको फैसला भने मार्च ९ तारिखमा सुनाउने बताएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !