सर्वाधिक धनराशीको होटेल डिभोटी एसपिए कप क्रिकेट आजदेखि धनगढीमा सुरु हुँदै


  कैलाली,माघ ५ ।
देशकै सर्वाधिक धनराशीको होटेल डिभोटी एसपिए कप क्रिकेट प्रतियोगिता आजदेखि कैलालीको धनगढीमा शुरु हुँदैछ । प्रतियोगिताको मुख्य आयोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) ले प्रतियोगिताको सबै तयारी पुरा भएको जनाएको हो । मैदान व्यवस्थापनदेखि लिएर खाना, आवास प्राविधिक लगायतका सबै तयारीहरु पूरा भएको प्रतियोगिताका संयोजक तथा एसपिएका निर्देशक सुवाश शाहीले बताउनुभयो । माघ १३ गतेसम्म धनगढीको सेती अञ्चल प्रहरी कार्यालयमा आयोजना हुने प्रतियोगिताको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

 देशकै सर्वाधिक ५ लाख नगद पुरस्कार धनराशीको प्रतियोगितामा देशभरका १६ वटा कलेजहरुले प्रतियोगितामा भाग लिंदैछन् । प्रतियोगिताको विजेताले २ लाख र उप–विजेताले १ लाख नगद पुरस्कार पाउने छ । प्रतियोगिताकै उत्कृष्ट खेलाडीहरुले ५० हजार तथा विभिन्न विधामा उत्कृष्ट भएकाहरुले जनही २५ हजार पुरस्कार पाउने छन् । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले ५ हजार दिने संयोजक शाहीले बताउनुभयो ।

Related

विविध 4130857040050733441

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item