काभ्रेको एक विद्यालयका छात्राहरुमा अनौठो रोग देखियो

http://sindhulidarpan.blogspot.com/2013/01/students.html
प्रकाश सुन्दास,
काभ्रे,पुस १९ ।
काभ्रेको कोशीपारी क्षेत्रमा फलाटे गाविस वडा नम्बर ७ मा रहेको शारदा उच्च माध्यामिक विद्यालयको छात्राहरुमा अनौठो रोगको लक्षण देखिएको छ । कक्षा ८ देखि १० सम्मका छात्राहरु बर्बराउने, कराउने, बेहोस हुने जस्ता लक्षण देखिएको विद्याललयका प्रधानाध्यपक गुणरत्न उप्रेतीले बताउनुभयो । मध्यान्ह तिरको समयमा देखापर्ने यस्तो लक्षणले पठनपाठनमासमेत समस्या भइरहेको विद्यालयले जनाएको छ ।
असाधारण लक्षण देखा पर्ने वित्तिकै अन्य विद्यार्थीहरुको मस्तिष्कमा समेत नकारात्मक असर पुग्ने भएकाले छात्राहरुले एकान्त ठाउँमा लगेर राख्ने गरिएको र केहि समयपछि पहिलेकै अवस्थामा आउने गरेको प्रधानाध्यपक उप्रेतीले बताउनुभयो । विद्यालयका छात्राहरुमा यसअघि पनि यस्तो लक्षण देखा परेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !