ट्रक दुर्घटनामा एकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/02/accident.html
बाँके,फागुन १२ ।
सुर्खेतबाट नेपालगञ्ज तर्फ आईरहेको ना ३ ख २७८५ नम्बरको ट्रक रत्नराजमार्गको रझेना ४ बनखेतमा हिजो साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा सवार ३ जना घाईते भएका छन् । साईकलमा सावर रझेना ४ का १६ बर्षीय महेश डाङ्गीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाईते हुनेमा अछाम भैरवस्थान ३ का हर्क बुढा र बर्दिया वगनाह ६ का बम बहादुर खड्का र एक ६ महिनीय बालक रहेका छन् । तीव्र गतिमा रहेको ट्रकले साईकललाई बचाउने क्रममा ट्रक पल्टन गई दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रक चालक भने फरार रहेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !