पोष्टमार्टम हुन नसक्दा शव गन्हाउन थाले

http://sindhulidarpan.blogspot.com/2013/02/death-body_5545.html
जाजरकोट,फागुन १२ ।
जाजरकोट खलंगा सदरमुकाममा गिट्टी कुटुदै गर्दा माथि वाट आएको ढिस्कोले पुरिएर मृत्युभएका रुकुम कोटजहारी ९ घर्तीकाडाका परे कामीको पोष्टमाटम हुन नसक्दा सव गन्हाउन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालयमा चिकिस्सक नुहदा समयमा पोष्टमाटम हुन नसके पछि लास गन्हाउन थालेको हो । जिल्ला अस्पताल जाजरकोटका एक मात्र चिकित्सक डा.विवेककुमार लाल गोष्ठीमा नेपालगञ्ज जानुभएको र उहाँ १५ गते पछि मात्र आउने जनाएपछि पोष्टमाटम हुन नसकेको हो । छिमेकी जिल्ला रुकुममा समेत चिकित्सक नहुदा पोष्टमार्टम कार्य अनिश्चित बनेको छ ।
यसरी ढिस्कोले पुिरएर मरेको सवैलाई थाह हुदा हुदै पनि मोष्मार्टम गनै पर्ने कानुनी बाध्यताका कारण समस्या भएको छ । यस्तो अवस्थामा पिडित पक्ष र प्रहरीको सल्लाहमा मुचुल्का गरेर लास सेलाउन सकिने डा. लालको भनाई छ । ३ जना चिकित्सकको दरबन्दी रहेको जिल्ला अस्पतालमा एक जना मात्र चिकित्सक कार्यरत रहेको र उहाँ घरविदा वा तालिम गोष्ठीमा जाँदा हरेक पटक पोष्टमार्टम लगायतका समस्या आउने गरेका छन् । यता निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले समस्या समाधानका लागी सम्बन्धित निकाय सँग आवश्यक परामर्श भैरहेको जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !