विद्यार्थीको अगुवाईमा कटारीमा सरसफाई

http://sindhulidarpan.blogspot.com/2013/02/udayapur-news.html
ऋषि राई,
कटारी,फागुन १२ ।
यहाँको उदयश्री वहुमुखी क्याम्पस , कटारीमा अध्ययनरत विद्यार्थीहरुको समूह उदयश्री युथ क्लवले आज विहान नगर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । कटारी नगरमा वढ्दै गएको फोहोरको सरसफाई गर्दै जनचेतना मूलक कार्यक्रम गरिएको क्लवका अध्यक्ष जीवनाथ दाहालले वताउनुभयो । हातमा झाडु लिएर नगर सरसफाईमा जुटेका विद्यार्थीहरुलाई ईलाका प्रहरी कार्यालय कटारी र शसस्त्र प्रहरी वेश क्याम्प कटारीका प्रहरीहरुले समेत सहयोग गरेका थिए उल्लेख्य मात्रामा सुरक्षाकर्मीहरुलाई समेत सरसफाईमा खटाईएको ईप्रका कटारीका निरिक्षक ज्ञानेन्द्र फुयाँलले वताउनुभयो ।
कार्यक्रमलाई कटारी गाविस र वल्र्ड भिजन ईन्टरनेशनल कटारीले सहयोग गरेको थियो । सरसफाईमा प्रहरी , विद्यार्थी , शिक्षक र वल्र्ड भिजनका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहे पनि कटारीका व्यापारीहरुको भने सहभागिता कम रहेको क्लवले जनाएको छ ।
सरसफार्यमा सवैको जाओस ध्यान ,स्वच्छ र सफा कटारी हाम्रो अभियान भन्ने नाराका साथ सुरु गरिकएको यो अभियानलाई निरन्तरता दिंदै लैजाने क्लवले जनाएको । कार्यक्रम अनुसार आगामी शुक्रवार वजारमा फोहोर गर्ने पसलहरुको सटर वन्द गरी चावी लगाईदिने र फोहोर गर्नेहरुलाई कार्वाही गर्ने समेतको कार्यक्रम रहेको पनि क्लवले जनाएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !