महिला मात्रै हैन पुरुष पनि गर्भवती

http://sindhulidarpan.blogspot.com/2013/02/man-pregnent.html
गर्भवती हुने र बच्चा जन्माउने प्रक्रिया त मात्र महिलाले अपनाउने गर्छिन् अर्थात यो नियम त महिलामा मात्र लागू हुने गर्छ । त्यसैले पुरुष गर्भवती हुने र बच्चा जन्माउने कुरा त हामी सोच्न पनि सक्दैनांै । तर पुरुष पनि गर्भवती हुने कुरा सुन्दा अचम्म लाग्न सक्छ । कजाकिस्तानमा १५ वर्षीय एक युवक गर्भवती भएको डाक्टरहरुले घोषणा गरी दिएका छन् । उसलाई यस्तो बनाउने औषधी पनि दिइएको थियो भने ५० हजार टेंगे करीब १७ हजार आठसय रुपैयाँको विल पनि हातमा थमाइदिएको थियो । युवकको परिवारलाई यस कुराको शंका भएपछि मात्र डाक्टरहरुले यस गल्तीको बारेमा थाहा पाएका थिए ।
ती युवक एक्टोब शहरको एक अस्पतालमा मृगौला सम्बन्धी रोगको उपचार गराउन भर्ना भएका थिए । डिस्चार्ज हुने समयमा मेडिकल हिस्ट्रीमा गर्भवती भएको पनि लेखिएको थियो । युवकको परिवारको सिकायतपछि अस्पतालका डाईरेक्टरले यो मेडिकल साइन्सको कुनै नयाँ खोजी नभई, अतिउत्साही डाक्टरको गल्तीका यो नतिजा भएको बताएका छन् । युवकको भनाइअनुसार ती युवकले डाक्टरहरुले दिएको सबै औषधी सेवन गरेका थिए ।
औषधी सेवनको केही समयपछि उनी एलर्जी भएको थियो । किनकी ती औषधीहरु मृगौलाको समस्यासँग सम्बन्धित थिएन । युवकका परिवारले हस्पिटलमा मुद्दा गरी १० मिलियन टेंगेको दावा पेश गरेको छ । तर अदालतले घटनामा पुनर्विचारको गर्ने कुरा गर्दै रकम कटौती गरिदिएको छ । उनीहरुले अदालतमा फेरी अपील गर्ने युवकको आफन्तले बनाएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !