यातायातका साधनहरु अनिश्चितकालिन समयको लागि बन्द


भोजपुर,फागुन १२ ।
मध्यपहाडी बस व्यवसायी संघका पदाधिकारीमाथि कुटपीट भएपछि भोजपुरबाट चल्ने यात्रुबाहक यातायातका साधनहरु अनिश्चितकालिन समयको लागि बन्द गरिएको छ । आज बिहान साढे चार बजे तिर १०/१२ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरुको समूहले संघका उपाध्यक्ष साङ्गे शेर्पा, सचिव सुरेन्द्र श्रेष्ठलगायत अन्य यातायात व्यवसायीहरुमाथि कुटपिट गरेपछि संघको आह्वानमा यातायातका साधनहरु अनिश्चिित समयको लागि बन्द गरिएको हो ।

 संघले कुटपिटमा संलग्नको पहिचान गरी कारवाही नगरेसम्म भोजपुरबाट चल्ने सम्पुर्ण यात्रुबाहक साधनहरु बन्द गरिने जनाएको छ । अनिश्चिित समयको लागि यातायातका साधन बन्द भएपछि भोजपुरबाट अन्यत्र जान लागेका यात्रुुहरु बिचबाटोमा अलपत्र परेका छन् । कुटपिटबाट कोही पनि गम्भिर घाईते भने नभएको र कुटपिट गर्ने व्यक्तिहरु रातीको समयमा भएकोले पहिचान गर्न नसकेको संघका सचिव सुरेन्द्र श्रेष्ठले बताउनु भयो । घटनामा संलग्नको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Related

विविध 6721673440481430671

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item