नेपाली क्रिकेट टोली आज भारत जादै

http://sindhulidarpan.blogspot.com/2013/02/sports_23.html
काठमाण्डौ,फागुन १२ ।
नेपाली क्रिकेट टोली आज भारत प्रस्थान गर्ने भएको छ । एसीसी टी २० एलिट कप क्रिकेट र आईसीसी वल्ड क्रिकेट लिग डिभिजन थ्रिको तयारीमा रहेको नेपाली टोली खेलका लागि भारतको नयाँ दिल्लीमा जान लागेको हो । साँझ साढे ६ बजे पारस खड्काको कप्तानीमा खेलाडी र अन्य गरी २१ ससस्यीय टोली भारत जान लागेको हो । टोलीले भारतका क्लबहरुसँग ४ एक दिवसीय र ४ टी २० म्याच खेल्ने भएको छ । एसीसी टी २० एलिट कप क्रिकेट भने चैत्र १३ गतेबाट काठमाडौंमा सुरु हुने भएको छ । टोलीमा सुवास खकुरेल, सागर पुन, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटालगायतका रहेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !