सर्लाहीबाट नागरिकता र राहदानी बनाएका बंगलादेशी नागरिक पक्राउ


  सर्लाही,फागुन १२ ।
बंगलादेशी नागरिकले सर्लाहीबाट नागरिकता बनाएर राहदानी समेत लिएको थाहा भएको छ ।  नेपाली नागरिकता लिएका बंगलादेशका नागरिक साउदी अरब जाँदै गरेको अवस्थामा काठमाण्डौ अध्यागमन कार्यालयमा पक्राउ परेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीद्वारा नागरिकता र राहदानी सिफारीस फाँटमा कडाई गरेको छ । माओवादीको सशस्त्र हिंसाका बेला २०६२ साल चैत २३ गते मलंगवामा आक्रमणमा भएपछि जिल्ला प्रशासन कार्यालयका श्रेस्ता जलेर नष्ट भएका थिए ।

 कार्यालयमा पुरानो अभिलेख नहुँदा नागरिकता पाईसकेकाको पुरानो नागरिकताका आधारमा राहदानीको नविकरण गरिंदै आएको थियो ।  फागुन १० गते बिहिवारदेखि राहदानी नविकरण गर्दा अभिभावकको सनाखत र गाविसको सिफारीस अनिवार्य गरिएको छ । श्रेस्ता जलेको, पुरानो नागरिकता र निवेदनको आधारमा नविकरण हुने भएकाले नेपालीसंग अनुहार मिल्ने विदेशीले राहदानी लिन सर्लाही रोजेको हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकता लिनेको राहदानी सिफारीस अहिले रोकेको छ ।

Related

विविध 5397051061028872038

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item