हिरोइनहरूको भाउ कति ?

http://sindhulidarpan.blogspot.com/2013/02/actress-income.html
- भारतमा बन्ने चलचित्रको बारेमा जति चर्चा हुन्छ त्यति चर्चा अरु देशका चलचित्रले विरलै पाउने गर्छन् । अरबौं रुपियाँ लगानी लगाएर निर्माण हुने भारतीय चलचित्रमा सबैभन्दा बढी खर्च कहाँ हुन्छ भन्ने कुरा सबैभन्दा चासोको विषय हो । हालका चर्चित कलाकारहरूको बारेमा चर्चा गर्दा अहिलेसम्म सबैभन्दा बढी पैसा लिने नायिका ऐश्वर्या राय मानिन्थिन् । उनले रोबोट नामक चलचित्रको पारिश्रमिक ६ करोड भारतीय रुपियाँ लिएकी थिइन् । र हरेक विज्ञापनको ४ करोड लिने गर्छिन् । ऐश्वर्यालाई पनि उछिन्न सफल भएकी छिन् अर्की नायिका करिना कपुर । उनले हालै अभिनय गरेको ‘हिरोइन’ नामक चलचित्रमा ८ करोड भारु पारिश्रमिक पाएकी छिन् । करिनाले विज्ञापन खेलेको पारिश्रमिक भने ३ करोड लिने गरेकी छिन् । हालै मात्र उनले १५ वटाभन्दा बढी विज्ञापनहरूमा हस्ताक्षर गरिसकेकी छिन् ।
यो वर्षमा मात्र उनले २५ वटा विज्ञापन पाउने पनि पक्कापक्की भइसकेको छ । त्यस्तै अहिले चर्चामा आएकी र केरियरलाई एकदमै सफलताका साथ अगाडि बढाउन सफल भएकी नायिका हुन् प्रिंयंका चोपडा । उनले एउटा चलचित्रमा अभिनय गरेवापत ९ करोडसम्म लिने गरेकी छिन् । उनलाई अझ बढी मोडेल गर्लको नाममा चिनिन्छिन् । हरेक पटक मोडलिङ गरेवापत उनी ५ करोड लिे गरेकी छिन् । त्यस्तै अर्की हालकी सबैभन्दा चर्चित नायिका हुन् कट्रिना कैफ । उनको पारिश्रमिक अलि भिन्न खालको छ । उनले बढी स्टेज शो गर्ने हुनाले उनलाई धेरै कम्पनीले महँगोमा भाडामा लिने गर्छन् । विगत ६ महिनाभित्र उनले चार वटा स्टेज शो गरे वापत १० करोड लिएकी थिइन् भने उनको विज्ञापनको रेट भने ४ करोड रहेको छ । त्यसैगरी नायिका विपासा बासुले प्रत्येक चलचित्रको ४ करोड लिने गरेकी छिन् साथै अहिलेकी अर्की चर्चित नायिका दिपिका पादुकोणको चलचित्रको पारिश्रमिक २.५ करोड रहेको भएता पनि विज्ञापनमा भने उनले ३ करोड नै लिने गरेको जनाइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !