ह्दयघातवाट बच्न विवाह जरुरी


- फिनल्याण्डमा अविवाहित व्यक्तिमा भन्दा विवाहित व्यक्तिमा हृदयाघात कम हुने गरेको र यदि हृदयाघात भए पनि छिटै निको हुने गरेको एक अध्ययनमा देखिएको छ । यससम्बन्धी प्रतिवेदन प्रकाशन भएको एएफपीले जनाएको छ । सन् १९९३ देखि २००२ सम्म हृदयाघात भोगेका ३५ देखि ९९ वर्ष उमेर समूहका १५ हजार ३३० व्यक्तिको तथ्यांक संकलन गरी अनुसन्धान गरिएको हो ।
हृदयाघात भएका ५० प्रतिशत बिरामीको २८ दिनमै मृत्यु भएको देखिएको छ । अध्ययनमा अविवाहित पुरुषको यस आघातका कारण मृत्यु हुने सम्भावना ५८ देखि ६६ प्रतिशत अधिक देखिएको जनाइएको छ । महिलामा वैवाहिक सम्बन्ध अझै फाइदाजनक देखिएको छ । अविवाहित महिलामा हृदयाघात हुने सम्भावना ६० देखि ६५ प्रतिशत अधिक हुने देखिएको छ । उक्त प्रतिवेदन युरोपियन जर्नल अफ प्रिमेन्टिभ कार्डियोोजीमा प्रकाशन भएको छ ।

Related

प्रमूखखबरहरु 3409998977596973980

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item