एमाओवादीमा १ सय ५१ सदस्य केन्द्रीय समिति हुने



हेटौँडा,माघ २६ ।

सत्तारुढ एमाओवादीको हेटौँडामा जारी सातौँ राष्ट्रिय महाधिवेशनले एक सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ ।
हेटौँडामा आज बसेको महाधिवेशन केन्द्रीय आयोजक समितिको बैठकले एक सय ५१ जना सदस्य समितिको प्रस्ताव बन्द सत्रमा लैजाने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । एकसय ५१ सदस्य समिति बनाए पनि आजै ९९ सदस्यको मात्र निर्वाचन गरिने छ ।
कार्य समितिमा रहने सबैको टुङगो गर्ने तथा फागुन–१ मा काठमाडौंमा घोषणा सभा गरेर बाँकी निर्णय सार्वजनिक गरिने प्रवक्ता सापकोटाले बताए । आयोजक समितिले केन्द्रीय समिति, सल्लाहकार परिषद्, अनुशासन आयोग, लेखा समिति बनाउने प्रस्ताव पनि बन्द सत्रमा लगेको छ । बैकल्पीक सदस्यका रुपमा रहेका बाँकी ५२ जना सदस्य सम्पूर्ण क्षेत्रवाट मनोनयन हुने छन् । अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा अघि बढ्ने एमाओवादीको संरक्षक भने नरबहादुर कर्माचार्य रहने छन् ।
प्रवक्ता सापकोटाले महाधिवेशनवाट पार्टीले राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिका खेल्ने सन्देश लिएको बताए । उनले बहालवाला प्रधानन्यायधीसको नेतृत्वमा चुनावी सरकार निमार्ण गर्ने नीतिलाई छलफलमा लैजाने बताए ।

Related

राष्ट्रिय 4773438393198320972

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item