ट्राफिक निगरानी बढेसँगै सिन्धुलीमा सडक दुर्घटनामा कमी


नविनबाबु अधिकारी,
सिन्धुली,माघ २५ ।
पछिल्लो समय सिन्धुलीमा ट्राफिक नियम पालन गरेर मोटर गाडी चलाउनेको संख्या बढे सँगै दुर्घटना कम भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । पचास प्रतिशत चालकले ट्राफिक नियम राम्रो सँग पालना गर्नु, बाटोको अवस्था राम्रै हुनु तथा शान्ति नगरचोक, चियाबारी हाइट तथा अन्य ट्राफिक पोष्टबाट चेकजाँच गरीएकाले दुर्घटना कम भएको ट्राफिक प्रहरीले जनाएको छ । 
 
 यहि माघ १७ गते देखि २४ गते भित्रमा सामान्य चेकजाँचका क्रममा ७० वटा मोटरसाइकल र बसलाई गरेको कारवाहीमा  १३ हजार एक सय रुपैयाँ बराबरको राजस्व संकलन भएको प्रहरी सहायक निरीक्षक रिद्धिबहादुर थापाले जानकारी दिनुभयो । 

Related

स्थानिय 6692891779202969152

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item