ग्याँस पसलमा आगलागी हुँदा १० लाखको क्षति


महोत्तरी,माघ २५ ।
महोत्तरीको धमौरा बजारमा आज विहान ग्याँस पसलमा आगलागि हुँदा १० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।  धमौरा ४ मा रहेको बजारमा कृष्ण यादव र विजय यादवले सञ्चालन गरेको एल पी ग्याँस पसलमा विहान ३ बजे आगलागि भएको हो ।

आगलागिबाट तीन वटा सटरमा राखिएका खाली र भरी सिलिन्डर ग्याँस जल्दा १० लाख रुपैयाँ भन्दा वढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विजुली सर्ट भएर आगलागि भएको आशंका प्रहरीले गरेको छ । आगलागि प्रहरी र स्थानिय वासीले विहान नियन्त्रणमा लिएका थिए । आगलागि बाट घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

Related

विविध 5084042725141716388

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item