गोली हान्ने व्यक्ति पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/02/murder.html
महोत्तरी,माघ २६ ।
महोत्तरी प्रहरीले मनी ट्रान्सफर सञ्चालकलाई गोली हानी पैसा लुट्ने एक व्यक्तिलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मेघनाथ गोरहल्ला गाविस १ का २७ वर्षीय उपेन्द्र ठाकुर रहेका छन् । सरपल्लो ६ निवासी मनी ट्रान्फर सञ्चालक राजदेव चौधरीलाई गोली प्रहार गर्ने लुटेरा समूहका ठाकुरलाई सदरमुकाम जलेश्वरबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गत पुस २५ गते जनकपुरबाट २० लाख रुपैयाँ लिई मोटरसाइकलमा घर जाने क्रममा चौधरीलाई बदिया बन्चौरी ६ मा तीनजनाले खुट्टामा गोली प्रहार गरी रकम लुटेर भागेका थिए । घटनामा संलग्न अन्य दुईजनालाई प्रहरीले यसअघिनै पक्राउ गरिसकेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !