दुर्घटना एकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/02/death_8.html
चितवन,माघ २६ ।
चितवनको भरतपुर नगरपालिका ६ लंकुमा गाडीको ठक्करवाट एक जनाको मृत्यु भएकोे छ। केहिबेरअघि एक निजी गाडिले ठक्कर दिँदा चितवन शारदानगरका स्कुटर चालक रामवहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । शारदानगरवाट नारायगढतर्फ आउदै गरेको ना ९ प ६६६२ नम्मरको स्कुटरलाई विपरीत दिशावाट जादै गरेको ना २ च ४३७९ नम्बरको बोलेरो गाडिले ठक्कर दिएको हो । गम्भीर घाइते श्रेष्ठको उपचारका लागी अस्पताल ल्याउदै गर्दा विच वाटोमै मृत्यु भएको हो । स्कुटर पछाडि बस्ने मृतकी श्रीमती विश्णुमाया श्रेष्ठको चितवन मेडीकल कलेजमा उपचार भैइरहेको छ । ठक्कर दिने गाडि चालक फारर रहेको र उनको खोजी कार्य भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !