सिन्धुलीमा निशुल्क बिऊ बितरण


उमा पौडेल,
सिन्धुली,फागुन ६ ।
जिल्ला कृषि बिकास कार्यालय सिन्धुलीले मकै, तरकारी तथा फलफुलका बिऊ बितरण गरेको छ । सिड किपको रुपमा रामपुर कम्पोजिट जातको मकैको बिऊ सिन्धुलीका ८ सय किसानहरुलाई बितरण गरेको हो । सिन्धुली जिल्ला सदरमुकाम र कार्यालयको ६ सेवा केन्द्रबाट बिऊ बितरण गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले सिन्धुलीमाढीस्थित जिल्ला कृषि बिकास कार्यालय सिन्धुली र सेवा केन्द्र अन्तर्गत कपिलाकोट, दुधौली, डकाहा, भिमस्थान, बासेश्वर, झागाझोली रातमाटा क्षेत्रका किसानहरुलाई मकै तथा काक्रो, करेला, घिरौला, चिप्लेभिन्डि, चौमासे सिमी लगायतका तरकारीको बिऊ बितरण गरेको जिल्ला कृषि बिकास
कार्यालय सिन्धुलीका बाली संरक्षण अधिकृत देबराज अधिकारीले जानकारी दिनुभयो । 
कार्यालयले १ हजार कृषकहरुलाई तरकारीका बिऊ निशुल्क बितरण गरेको थियो भने ५० प्रतिशत अनुदानमा च्याऊको बिउ बितरण गरेको थियो । बर्षापछि तरकारी तथा मकै बाली लगाउने समय उत्तम भएकाले नहतारिकन मलको ब्यवस्थापन गरेर मात्रै बाली लगाउन अधिकारीले किसानहरुलाई आग्रह गर्नुभएको छ ।

Related

स्थानिय 1064018477631123900

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item