रेग्मीलाई समर्थन नगर्न कांग्रेसमा दवाव

http://sindhulidarpan.blogspot.com/2013/02/news_9340.html
काठमाडौं, फागुन ६ ।
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनु अघि खिलराज रेग्मीलाई पदबाट राजीनामा गराउनु पर्ने दवाव कांग्रेस नेतृत्वलाई परेको छ । सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज बसेको प्रभावशाली नेताहरुको अनौपचारिक बैठकमा चुनावी सरकारको नेतृत्व दिनु अघि रेग्मीलाई राजीनामा गर्न लगाउनु पर्ने दवाव परेको हो । कांग्रेसले रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउन प्रमुख चार शक्तिको बैठकमा सहमति जनाई सकेको छ ।
प्रवक्ता दिलेन्द्र बडुले शक्तिपृथकीकरणका आधारमा चुनावी सरकार बनाउने पक्षमा कांग्रेस रहेको बताए । उनले सोही आधारमा दलहरुसँग छलफल गरेर निकास खोजीने उल्लेख गरे । बैठकमा अधिकांश नेताहरुले प्रधान्यायाधीशलाई नै चुनावी सरकारको नेतृत्व दिँदा त्यसले स्वतन्त्र न्यायालयमा असर पुग्ने भन्दै रेग्मीले पहिला राजीनामा गर्नुपर्ने सुझाव दिएका हुन् ।
उनीहरुले रेग्मीले पद त्याग नगरे प्रजातन्त्र गम्भीर खतरामा पर्ने बताए । प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने विषयमा कांग्रेसमा बहुमत केन्द्रीय सदस्य विपक्षमा छन् ।

उनीहरुले रेग्मीले पद त्याग नगरे प्रजातन्त्र गम्भीर खतरामा पर्ने बताए । प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने विषयमा कांग्रेसमा बहुमत केन्द्रीय सदस्य विपक्षमा छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !