शीतल निवासमा भारतीय राजदूतको प्रवेश


काठमाडौं, फागुन ६ ।
 प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने विषयमा दलहरुका बीच गरमागर बहस भईरहेका बेला नेपालको राजनीतिप्रति भारतले चासो देखाएको छ । यसै क्रममा राष्ट्रपति डा.रामवरण यादवसँग नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले आज भेटबार्ता गरेका छन् । भेटबार्तालाई दुबै पक्षले गोप्य राखेको छ । डा.यादवलाई भेट्न जयन्त विहानै राष्ट्रपति कार्यालय शीतल निवास पुगेका हुन् । भेटमा राजदूत जयन्तले डा.यादवसँग नयाँ सरकार गठनका विषयमा चासो व्यक्त गरेको स्रोतको भनाई छ । राष्ट्रपति डा.यादवसँग राजदूत जयन्तले झण्डै पौने घण्टा भेटबार्ता गरेका थिए ।

प्रमुख चार दलका शीर्ष नेताहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने मौखिक सहमति गरेलगत्तै भारतले आफ्नो गतिविधि बढाएको छ । भारतीय राजदूत जयन्त प्रसाद शीतल निवासमा रहँदा एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरु सम्मिलित कार्यदलको बैठक बसिरहेको थियो ।

Related

स्थानिय 7134132601818373923

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item