एम्बुलेन्समा गाँजा तस्करी


हेटौँडा, फागुन १७ । मकवानपुर जिल्लामा बिरामी बोक्ने एम्बुलेन्सबाट अबैध कारोवार हुने गरेको खुलासा भएको छ । यसै क्रममा आज बिहान हेटौँडाबाट बाराको पथलैया जाँदै गरेको ना २ च ६७८० नम्वरको एम्बुलेन्सबाट लागूऔषध गाँजा बरामद भएको छ ।

क्षेत्री समाजले सञ्चालन गरेको एम्बुलेन्सबाट एक सय ८० किलो गाँजा बरामद गरिएको मध्यक्षेत्र प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
गाँजा सहित चालक नवलपरासी रजहर–६ का ३२ वर्षीय चिन्तामणि सापकोटा र मकवानपुरको बसामाडी–१,  नेवारपानीका ३६ वर्षीय कृष्णबहादुर गोलेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Related

राष्ट्रिय 6845035446341540425

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item