फूल र सुन्दरता



  1. फूल प्रेम मात्र होइन, सुन्दरताको पनि प्रतीक मानिन्छ । तर, यो प्रतीक मात्र होइन, सौन्दर्य निखार्ने साधन पनि हो । विभिन्न थरीका फूलबाट पाउने सुन्दरता महँगा शृंगारसामग्रीभन्दा सस्तो छ । आउनुहोस्, ती सौन्दर्यका विधि सिकौँ ।
  2.  गुलाबको फूललाई पिसेर अनुहारमा लगाउने गरेमा मुख सफा र कलकलाउँदो हुन्छ ।
  3.  सूर्यमुखी फूलको तेल लगाउनाले अनुहार र कपाल मुलायम बनाउँछ ।
  4.  गुलाब, तुलसी र बाबरीको पात पिसेर रस निकाल्ने र यसमा मह र चन्दन मिसाएर लेप बनाउन सकिन्छ । लेप लगाएको १५÷२० मिनेटपछि अनुहार सफा पानीले धोएमा अनुहार कोमल, नरम, चम्किलो र रसिलो देखिन्छ ।
  5.  सयपत्री फूलको सेवनले पखाला रोनिन्छ भने पिसेर अनुहारमा लगाएमा अनुहार उज्यालो हुन्छ ।
  6.  अनुहार कान्तिमय, कपाल कालो र लामो पार्न कमलको फूलको रसदल्ने गर्नुपर्छ ।
  7.  केतुकीको सेतो फूललाई खरिवलको तेलमा हालेर एक छिन उमाल्ने र पछि सो तेल कपालमा दल्ने गरे कपाल चम्किलो र बलियो हुन्छ ।
  8.  घन्टेफूललाई पिसेर त्यसबाट निस्केको लेदोलाई कपालमा मेहन्दीसँग मिसाएर वा नमिसाई कपालमा दल्ने र २÷३ घन्टापछि पखालेमा कपाल चिप्लो र नरम हुन्छ ।
  9.  गुलाबको फूलको रस, कागती र ग्लिसिरिनलाई बराबर मात्रामा मिलाउने र राति सुत्ने वेलामा ओठमा लगाउनाले ओठको कालोपना हटी ओठ गुलाबी रंगको हुन्छ, साथै अनुहार, हातखुट्टामा लगाउनाले नरम र मुलायम हुन्छ ।
  10.  घिउकुमारीको पात भाँचेर निस्किएको बाक्लो लेप अनुहारमा लगाएर सुत्ने र भोलिपल्ट बिहानै मनतातो पानीले सफा गरेमा डन्डिफोर निको हुन्छ ।
  11.  पुदिना (बाबरी) को पातलाई पिसेर बनाएको लेदोलाई अनुहारमा लेप लगाउने गरेमा घाउ–खटिराका साथै अनुहारमा रहेको दागलाई पनि हट्छन् ।

Related

मनोरञ्जन 6335929032625425032

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item