विपी राजमार्गमा दुर्घटना न्युनिकरण गर्न कार्यक्रम

http://sindhulidarpan.blogspot.com/2013/02/bp-highway.html
मीनकुमार दाहाल,
सिन्धुली,फागुन १५ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको रोड मेन्टीनेन्स युनिट,ट्राफिक इन्जिनियरिङ्ग सुरक्षा इकाई तथा सडक विभागले विपी राजमार्गको बनेपा—सिन्धुली—बर्दिवास सडकमा हुने दुर्घटना न्युनिकरण गर्न विद्यार्थी लक्षित चेतना मुलक कार्यक्रम सुरु गरेको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको रोड मेन्टीनेन्स युनिट,ट्राफिक इन्जिनियरिङ्ग सुरक्षा इकाई तथा सडक विभागले विपी राजमार्गको बनेपा—सिन्धुली—बर्दिवास सडकमा हुने दुर्घटना न्युनिकरण गर्न विद्यार्थी लक्षित चेतना मुलक कार्यक्रम सुरु गरेको छ ।
जाईका नेपालका सडक सुरक्षा विज्ञ हिडिको कादागिरीले विपी राजमार्गको पाँच वर्षको दुर्घटनाको तथ्याङ्क हेर्दा महोत्तरी जिल्लाको गौरीवास गाविसको पाटु क्षेत्र निकै सम्वेदनशिल भएको वताउनुभयो । १ सय ६० किलोमीटर सडक मध्ये पाटुको गौरीवासमा पैदलयात्रीको सडक दुर्घटनामा मृत्यु भएको कादागिरीले वताउनुभयो । दुर्घटनामा स्कुलका वालीवालीलाई कसरी जोगाउन सकिन्छ भन्ने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । विद्यालयका विद्यार्थीहरुलाई कादागिरीले सडकमा हिड्ने तरिका सिकाउनुभएको थियो ।
महोत्तरीको पाटुमा आयोजना गरेको सडक सुरक्षा सम्वन्धी कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुलाई सडकमा हिड्न सिकाउदै जाईका नेपालमा सडक सुरक्षा विज्ञ हिडीको कादागिरी । |
निर्माणाधिन बनेपा—सिन्धुली—बर्दिवास सडक आयोजनका इन्जीनियर कर्णसिंह खत्रीले १६० किलोमिटर सडक मध्ये १३७ किलोमीटर सडक निर्माण सम्पन्न भैसकेको छ २३ किलोमिटर सडक निर्माणकार्य निरन्तर भैरहेको वताउनुभयो । विपीराज मार्गको १६० किलोमीटर सडक मध्ये सवै भन्दा दुर्घटना हुने स्थान सिन्धुली—वर्दिवास सडक खण्डको महोत्तरीको पाटु क्षेत्रभएको वताउनुभयो ।
जाईका नेपालको रोडमेन्टीनेन्स शाखाले महोत्तरी जिल्लाको पाटु,सिन्धुलीको विभिन्न विद्यालयका विद्यार्थीहरुलाई राखेर सडक दुर्घटना सम्वन्धी चेतना मुलक कार्यक्रमहरु सुरु गरेको छ । सडक दुर्घटना वालवालीकाहरु वढी पर्ने गरेकाले उनीहरु लक्षित चेतना मुलक कार्यक्रम अघि सारेको जाईका नेपालका मेन्टीनेन्स विभागका संयोजक विन्दुशम्शेर राणाले वताउनुभयो ।
विपी राजमार्गमा पाँच वर्ष ६४ दुर्घटना भएकोमा ९५ जनाको मृत्यु भएको र २५४ जान घाईते भएको जाईका नेपाल मेन्टीनेन्स विभागका संयोजक राणाले जानकारी दिनुभयो । विपी राजमार्गमा दुर्घटनामा वृद्धि भएपछि जाईकाले वर्दिवास देखी सिन्धुली सम्मको सडकका घुम्ती सुधार गर्ने तयारी भैरहेको राणाले वताउनुभयो । जाईका नेपालले सिन्धुली सदरमुकाम,झागाझोली,वर्दिवासको पाटुमा सडक सुरक्षा सम्वन्धी कार्यक्रम गरेको छ ।
its very nice suggestoin given to us as well as student tooo....
ReplyDelete