विद्यार्थी बोकेको बसमा आगजनी

http://sindhulidarpan.blogspot.com/2013/02/bus_28.html
काठमाडौं, फागुन १७ । काठमाडौंको स्वयंभूमा अज्ञात समूहले विद्यार्थी बोकेको गोल्डेनगेट कलेज बसमा आगजनी गरेको छ । मोटरसाईकलमा आएको अज्ञात समूहले आज विहान स्वयभूस्थित सानो भ¥याङमा बस रोकेर आगजनी गरेको महानगरीय प्रहरीले जनाएको छ । सो समूहले आगजनी गर्नु अघि बसमा रहेका विद्यार्थीलाई बाहिर निकालेका थिए ।
वानेश्वरस्थित गोल्डेनगेट कलेजको सो बसले विद्यार्थी लिएर जाँदै गरेको थियो । एमाओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले बसमा आगजनी गरेको प्रहरीले अनुमान गरेको छ । गोल्डेनगेट कलेजमा युनियन गठन गर्न खोज्दा प्रशासनसँग विवाद भएपछि अखिल क्रान्तिकारीले भौतिक आक्रमणको चेतावनी दिँदै आएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !