जनकपुर अञ्चलकै अधिकृत पूँजी भएको सहकार्य सिन्धुलीमा स्थापना


चीना थापा, सिन्धुली,फागुन १७ ।
सिन्धुलीमा सहकारीहरु खुल्ने क्रम बढिरहेका बेला फेरी अर्काे सहकारीको उद्घाटन गरिएको छ । सहकार्य वचत तथा ऋण सहकारी संस्था लिमिटेको आज प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले उद्घाटन गर्दै सहकारीहरुले आफूले गरेको लगानिको अवस्था पनि हेर्नुपर्ने  सुझाव दिनुभयो । 

साथै उहाँले गैरकानुनी रुपमा सन्चालन भएका सहकारीहरुलाई कारवाही गर्ने सरकारी योजना अघि बढाइएकाले सहकारी ऐन तथा सम्वन्धित निकायहरुसंग परामर्स गरेर मात्र सहकारी सन्चालन गर्न अनुरोध गर्नुभएको छ । 

कार्यक्रमकै अवसरमा सहकारीले आधुनिक बोर्डिङ् स्कुल पानी ट्यांकीकी गरिव तथा जेहेन्दार विद्यार्थी सृष्टि बयलकोटीलाई स्टेशनरी सामान तथा गुणस्तरिय शिक्षा प्रदान गरेको भन्दै जिल्लाको मावि चिलाउनेलाई स्टेशनरी सामान सहयोग गरेको छ । उद्घाटनका दिन निशुल्क खाता खोल्ने सुविधा भएकाले खाता खोल्ने सेवाग्राहीहरुको भिड लागेको छ । सहकारीको अधिकृत पूँजी २ करोड ११ लाख रुपैया रहेको जनाइएको छ ।

Related

स्थानिय 5168322496843763203

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item