मलेसियामा एक नेपालीको ज्यान गयो



  खोटाङ,फागुन १७ ।
मलेसियामा एक नेपालीको ज्यान गएको छ । क्वालालम्पुरस्थित एक कम्पनीमा काम गर्दै आएका खोटाङ खिदिमा–६ का २३ वर्षीय सिमराज राईको ज्यान गएको हो । कम्पनीबाट भागेर अर्कै ठाउँमा सेक्यूरिटीको काम गर्दै आएका राईको पेट दुख्ने र झाडापखालाका कारण ज्यान गएको हो । केही दिन अघिदेखि बिरामी परेका राईको क्वालालम्पुरस्थित केलाङ अप्तालमा उपचारकोक्रममा ज्यान गएको खोटाङ सेवा समाज मलेसियाका पुर्व सदस्य युवक तामाङले जानकारी दिनुभयो । 

अस्पतालले उनको मृत्युको कारण खुलाएको छैन । काठमाडौंको लगनखेलस्थित अरुण मेनपावर कम्पनीमार्फत एक वर्षअघि मलेसिया पुगेका राईको शव नेपाल फर्काउन समस्य भएको तामाङले बताउनुभयो । अवैध काम गर्नेक्रममा ज्यान गुमाएका राईको शव फर्काउनका लागि मलेसियास्थित नेपाली दुतावासमा पनि पहल भइरहेको खोटाङ सेवा समाज दोहा कतारले जनाएको छ ।


Related

विविध 5355965429595584282

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item