सर्लाहीमा ट्याक्टर दुर्घटना,एकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/02/death_28.html
हरिवन,फागुन १७ ।
खेत जोत्न जाँदै गरेको ट्याक्टर पल्टिंदा सर्लाहीको राजघाटमा आज बिहान एक मजदुरको मृत्यु भएको छ । बरहथवा ईलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी सर्लाही मलघट्वाका करिब २५ वर्षिय भिम यादवको घटनास्थलमै मृत्यु भएको हो ।
राजघाट वडा नम्बर ६ स्थित नहर नजिक खेतमा ज १ त ३० ३६ नम्बरको ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार यादवको मृत्यु भएको प्रहरी निरीक्षक गोविन्द झाले जानकारी दिनुभयो । यादव सोही ट्याक्टरमा काम गर्ने मजदुर भएको स्थानीय श्रवण न्यौपानेले जानकारी दिनुभयो । प्रहरीले ट्याक्टर चालक ढुंग्रेखोलाका परशुराम रायमाझीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !