बैशाखमा जनसंविधान घोषणा : गजुरेल

    
     विदुर पौडेल
    सिन्धुली,फागुन ९ ।

    नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले बैशाखमा जनसंविधान घोषणा गर्ने बताउनुभएको छ । जिल्ला पार्टी कार्यालय सिन्धुलीमा आज पत्रकार सम्मेलन गरी उहाले बैशाख १८ को सेरोफेरोमा जनतालाई जनसंविधान दिने वताउनुभयो । देशका ठुला राजनीतिकदलहरुले संविधान दिन नसकेकाले आफ्नुपार्टीले वाध्य भए र जनतालाई जनविधान दिन लागेको बताउनुभयो ।
 उहाले जेठ २२ गते कुनैपनि हालतमा संविधानसभाको निर्वाचन हुनै नसक्ने ठोकुवा समेत गर्नुभयो । निर्वाचन गराउनको लागि कम्तिमा १ सय २० दिन चाहिने भएकाले जेठमा निर्वाचन सम्भव नभएको उहाँको भनाई छ । पत्रकारहरुको एक प्रश्नमा उहाँले यदि निर्वाचन हुने भयो भने मात्रै आफ्नुपार्टीले निर्वाचन आयोगमा दल दर्ता गराउने वताउनुभयो । तर उहाँले पार्टीले निर्वाचनमा भागलिने नलिन वारेमा केही वताउनु भएन ।

    उहाँले फागुन १४ गते सहिद सप्ताह मनाएपछि नयाँ चरणको आन्दोलन गर्ने वताउनुभयो । अवको आन्दोलन स्वाधिन्ता,जनजीविका र जनसंविधानमा केन्द्रित हुने उहाँले जानकारी दिनुभयो । उहाँले अहिले प्रधानन्यायाधिशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव नेपाल भन्दा वाहिर वाट आएको दावि गर्नुभयो । यस्तो प्रस्ताव पहिलोपटक युरोपियन युनियनवाट आएको समेत खुलासा गर्नुभयो । 
 
यस्तो प्रस्ताव युरोपियन युनियनहरुले प्रचण्ड मार्फत देशमा भित्रयाएको र अन्यदलहरु पनि भारतको दवावमा   परेर निर्णय मान्न वाध्य भएको बताउनुभयो । यसमा राजनीतिकदलहरुलाई कम्जोर वनाउने र न्यायालयलाई पनि सखाप पार्ने षडयन्त्र रहेको गजुरेलले बताउनुभयो । एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा सिमा सुरक्षालाई जनमत संग्रहवाट गर्नुपर्ने प्रस्ताव राख्नुले पनि देशलाई सिक्किमी करण गर्ने खोजेको स्पष्ट भएको उहाँको भनाई छ । उहाँले देशलाई सिक्किमी करण गर्न खोजेकाले अव देशभक्त सम्पूर्ण सँग मोर्चा वन्दी गरेर देश बचाउन अधिवढ्ने वताउनुभयो ।
    

Related

स्थानिय 5785067054085482753

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item