मदिरा खाएर होहल्ला गर्ने चार जना प्रहरी नियन्त्रणमा


प्रकाश सुन्दास, काभ्रे, फागुन ९ ।
घरेलु मदिरा नियन्त्रण अभियान चलाई रहेको काभ्रे प्रहरीले जिल्लाको पश्चिम क्षेत्रबाट मदिरा सेवन गरी सामाजिक विकृती फैलाउन खोजेको भन्दै चारजनालाई नियन्त्रणमा लिएको छ । मदिरा सेवन गरी प्रहरी माथि नै आक्रमण गर्न थालेपछि ढुंखर्क प्रहरी चौकीले सोहि गाविसको वडा नम्बर ६ का अम्बर लामा, हस्त लामा, विश्व लामा र मन जित लामालाई पक्राउ गरेको हो । 

पक्राउ परेका सबै जनालाई इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ । हिजो दिउँसै मदिरा सेवन गरेका अम्बर लामाले दुधको गाडी माथि आक्रमण गर्न खोजेपछि प्रहरीले सम्झाइ बुझाइ घर पठाएको र साझँ उनका छोरा एसएल लामाको नेतृत्वमा आएको एक समूहले ढुंखर्क बजारमा उतशृङखल गतिविधि गर्न थालेको खबर पाए लगत्तै गएको प्रहरी टोलीमाथि नै आक्रमण गरेपछि दोहोरो झड्प समेत भएको थियो । झड्पमा परी प्रहरी जवान राम बहादुर चन्दकारको आँखा नजिकैको भागमा सामान्य चोट लागेको छ । फरार रहेका एलसल लामाको भने खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । ढुंखर्क प्रहरी चौकीले यसअघि ३ सय लिटर घरेलु मन्दिरा नियन्त्रणमा लिइ नष्ट गरेको थियो ।   

Related

विविध 5681037172928373713

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item