दोलखामा चोरी आरोपमा हिरासतमा रहेका प्रहरी जवान भागे


शेरबहादुर भुजेल, दोलखा,फागुन ९ ।
चोरीमा संलग्न रहेको आरोपमा हिरासतमा रहेका प्रहरी जवान खेमराज प्रजा आज विहान शौचालय जाने क्रममा भागेका छन् । आज बिहान करिब ४ बजेतिर शैचालय जाने क्रममा ड्युटिमा खटिएका प्रहरीहरुको आँखा छलेर प्रजा भागेका हुन् । प्रजाको खोजी कार्यका लागि अहिले दोलखा जिल्लाभर व्यापक प्रहरी परिचालन गरिएको छ । उनको खोजी कार्यका लागि बिहानैदेखि दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ओमप्रसाद अधिकारी आफै खटिनु भएको छ । चोरीमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यलयले आफ्नै मातहतमा कार्यरत प्रहरी जवानलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । 
 
अनुसन्धानका क्रममा चोरीमा संलग्न भएको पत्ता लागेपछि मकवानपुर जिल्लाको हेटौंडा घर भई जिल्ला प्रहरी कार्यालय दोलखाद्धारा प्रमुख जिल्ला अधिकारीको निवासमा सुरक्षामा खटिएका प्रहरी जवान खेमराज प्रजालाई पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी कार्यालय दोलखा स्थित हिरासतमा राखेर अनुसन्धान गरिदै आएको थियो ।  प्रजाको कोठाबाट मोवाइल सेट १५ थान, घडी २० थान, लत्ताकपडा, भाँडाकुडा, श्रृगारका सामान लगाएतका चोरीका सामानब वरामद गरिएको थियो ।  उनको घरबाट समेत प्रहरीले हिजो चोरीका विभिन्न सामान बरामत गरेको थियो । दोलखा सदरमुकाम चरिकोटमा भएको विभिन्न पषलहरुको चोरीमा प्रजा संलग्न भएको पाइएको थियो ।

Related

विविध 3576460415316732885

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item