दैनिक शीतल निवास धाउँदै चार शक्ति



काठमाडौं, फागुन ९  ।

राष्ट्रपति डा.रामवरण यादव र प्रमुख चार राजनीतिक शक्तिका शीर्ष नेताहरुबीच चुनावी सरकार गठनका बारेमा हालसम्म भएका विषयमा छलफल भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज विहान पुगेका एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुले प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनाउने भनिएको चुनावी सरकारका बारेमा डा.यादवसँग परामर्श गरेका हुन् । चुनावी सरकारको नेतृत्वलाई लिएर प्रधानन्यायाधीश रेग्मी सकारात्म नरहे पछि प्रमुख चार राजनीतिक शक्तिले राष्ट्रपति डा.यादवसँग परामर्श गरेका हुन् ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आजै बेलुकासम्म प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन हुने या नहँुने भन्ने बारेमा टुंगो लाग्न सक्ने बताए । अन्य शीर्ष नेताहरुले भने पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिएनन् । प्रधानन्यायाधीश रेग्मीले सशर्त चुनावी सरकारको नेतृत्व लिन अनिच्छा देखाएका छन् । सो विषयमा छलफल गर्न पुनः आजै बेलुका प्रमुख चार शक्तिको बैठक बस्ने तयारी भएको छ ।

Related

विविध 7635138412938110969

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item