विश्व साइकलयात्री सिन्धुलीमा

http://sindhulidarpan.blogspot.com/2013/02/cycle-rider.html
पोष्टराज पहाडी,
सिन्धुली,फागुन १७ ।
‘दिगो शान्ती र संविधानको स्थापना, समाज परिवर्तन र विकास मेरो चाहना’ भन्ने नाराका साथ विश्व साइकल यात्रामा निष्किएका साइकल यात्री दिपक खत्री विहिबार सिन्धुलीमाढी आइपुगेका छन् । दोलखा घर भएका खत्रीले २०६३ पुस १५ गतेबाट दोलखाको चरिकोट बाट आफ्नो यात्रा सुरु गरेका हुन् ।
‘भ्रष्टचारीलाई नियन्त्रण गरौ, समाजिक क्षेत्रमा अगाडी बढौ’, ‘सबैका लागि समान शिक्षा, शिक्षाबाट कोही नहोऔँ टाढा’, ‘सामाजिक क्षेत्रमा सके सहयोग गरौँ, नसके त्यसलाई असहयोग नगरौ’ लगायतका नारासहित आफु साइकल यात्रामा निष्किएको बताए ।
उनले अहिलेसम्म नेपालका सिन्धुली, दोलखा, रामेछाप, ओखलढुङ्गा, लगायत ५२ जिल्ला भ्रमण गरिसकेका भने अन्य ४३ वटा देशहरुको पनि भ्रमण गरिसकेका छन् । उनले १३ वर्ष सम्म आफ्नो लक्ष्य पुरा गर्ने बताए । सिन्धुली पछि सर्लाही जाने उनको भनाई छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !