एनसेलको 'रोड सो'ले ततायो सिन्धुली

http://sindhulidarpan.blogspot.com/2013/02/road-show.html
पोष्टराज पहाडी,
सिन्धुली,फागुन १७ ।
लुकी–लुकी के मात्र सुरुवात गरेका थिए गायक धिरज राईले सबैले स्वरमा स्वर मिसाएर गाउन थाले सिन्धुलीबासी । त्यसपछि त सिन्धुलीका तन्नेरी पुस्ताहरु नाँच्न पनि सँगै थाले । सिन्धुलीमा यो अवसर जुटाइदिएको थियो ‘एन सेल रोड सो’ ले ।
‘एनसेल रोड सो’ अन्तर्गत विहीबार सिन्धुलीमाडीमा साँङगीतीक कार्यक्रमको आयोजना भएको थियो । उक्त एन सेल रोड सो मा गायक धिरज राई र गायीका रेश्मा सुनुवारले सिन्धुलीबासीलाई नचाए । धिरज राईको ‘लुकी–लुकी’ र रेश्मा सुनुवारको ‘आकाशैको झिलमिल तारा’ ले दर्शक दिर्घाबाट ‘वान्स मोर’ ‘वाही–वाही’ पाएको थियो ।
धिरज राइले ‘तिमी रुदा एक्लै हुदा’, ‘सोइढोले सोइ’, ‘वान्स साइडेड लभ’ लगायतका गितहरु प्रस्तुत गरे । यसैगरि गायीका रेश्मा सुनुवारले ‘बन्द गरे आँखाहरु’, ‘एउटा फुल थुङ्गो’ लगायतका गित प्रस्तुत गरेकी थिइन् । उनीहरुको प्रस्तुतीमा स्थानीय कलाकारहरुले स्टेजमै गएर नृत्य प्रस्तुत गरेर अझ हौसल्ला प्रदान गरेका थिए ।
साथै रोड सोमा हाँस्य कलाकार देवीराम पराजुलीले आफ्ना हास्य व्यङ्ग्य प्रस्तुति प्रस्तुत गर्दा दर्शकहरु पेट मिची–मिची हासेका थिए । यसैगरि जादुगर जादुगर निरन्जन शर्माको जादुले सिन्धुलीबासी आश्चर्यमा परेका थिए ।
एनसेल रोड सोमा एनसेलले आफ्ना ग्राहक वर्र्गमा पछिल्लो पटक ल्याएको सुविधा २५ रुपैयाको सिमको बारेमा चर्चा गरिएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !