लाटोकोसेरो महोत्सव आजदेखि

http://sindhulidarpan.blogspot.com/2013/03/owls-festival.html
चितवन,फागुन १८ ।
पश्चिम चितवनको सेतीदेवी सामुदायिक वनमा आजदेखि नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०६९ सुरु हुदैछ । प्रकृतिका साथीहरु र सेती देवि सामुदायीक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा दुर्लभ पंक्षीमा पर्ने ती चराको संरक्षणका लागि उत्सव आयोजना गर्न लागिएको हो । कार्यक्रममा चरा अवलोकनको व्यवस्था समेत मिलाइएको छ ।
उत्सवमा चरा संरक्षण सम्बन्धी भजन, गुरुङ समुदायको घाँटु नाच, लाटोकोसेरो सम्बन्धी वृत्तचित्र प्रदर्शनी, फोटो प्रदर्शनी लगायत कार्यक्रमहरु हुनेछन । सोही अवसरमा संरक्षणका क्षेत्रमा योगदान पुर्याउने नेपाल भरीका ६ जनालाई सम्मान गरिने भएको छ । विश्वभर २ सय २५ प्रजातीका लाटोकोसेरो रहेका छन । जस मध्ये २१ प्रजाती नेपालमा र १० प्रजाती चितवनमा रहेका छन् । उत्सव यही २० गतेसम्म चल्नेछ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !