स्मार्ट टेलिफोनको टावर अझै सञ्चालनमा आउन सकेन


 काभ्रे,फागुन १८ ।
स्थानीय बासिन्दाहरुले रकम मागेपछि सिन्धुपाल्चोक जिल्लाको उत्तरी बराम्ची गाविसमा निर्माण गरिएको स्मार्ट टेलिफोनको टावर सञ्चालनमा आउन नसक्दा सर्वसाधरणहरु समस्यामा परेका छन् । टावर सञ्चालन अवधिभर गाविसको वडा नम्बर ४ का लोक बहादुर श्रेष्ठको जग्गा भाडामा लिइ करिब ५ लाख लागतमा गएको मंसिर महिनामा टावर निर्माण कार्य सम्पन्न भएको थियो । तर स्थानीय केहि ब्यक्तिहरुले टावर सञ्चालनमा ल्याउनुपूर्व ५ लाख रकम मागेपछि टावर सञ्चालनमा ल्याउन नसकिएको स्मार्ट कम्पनीले जनाएको छ ।

 गाविसमा जिसिएम, सिडिएमए र एनसेलको नेटवर्क राम्रो नआउने र बनेको टावर समेत समयमै सञ्चालनमा आउन नसक्दा आफन्तहरुलाई टेलिफान गर्न डाँडा–डाँडा धाउनु पर्ने स्थानीयहरुले बताएका छन् । 

कम्पनीले टावर भएको स्थानका बासिन्दाहरुका लागि विद्युत्को पोल, ट्रान्समिटरका साथै अन्य सेवासुविधा उपलब्ध गराउने बताएको छ । टावर सञ्चालनमा आए काभ्रेको केहि भागका साथै सिन्धुपाल्चोक जिल्लाको सेलाङ, गोल्चे, हगाम लगायतका अति दुर्गम गाविसका सर्वसाधारणले सेवा लिन पाउने बताइएको छ ।

Related

प्रविधि 8880220073458162200

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item