शिक्षा कार्यालयबाट सर्लाहीका आधा दर्जन शिक्षकलाई स्पष्टिकरण सोधिने


सुनिल ठाकुर,   सर्लाही,फागुन १८ ।
विद्यालयमा नियमित उपस्थित नहुने सर्लाहीका आधा दर्जन प्रधानाध्यापक तथा शिक्षकलाई जिल्ला शिक्षा कार्यालय सर्लाहीले स्पष्टिकरण सोध्ने भएको छ । एक हप्ता देखि अनुुगमन सुरु गरेको शिक्षा कार्यालयले समयमा विद्यालय नआउने, विद्यायल बन्द गरेर राख्ने, तथा विद्यार्थीको उपस्थिति न्युन रहेका विद्यालयका प्रअ तथा शिक्षकसंग स्पष्टिकरण सोध्न तयारी गरेको शिक्षा अधिकारी राजकुमार विकले जानकारी दिनुभयो ।

 अनुगमनका क्रममा अधिकारीले विद्यालयका प्रअ तथा शिक्षकहरुसंग अन्तरक्रिया समेत गर्ने गरेका छन् । शिक्षाको स्तर उकास्नका लागि अनुगमन निरन्तर जारी रह्ने समेत अधिकारी विकले बताउनुभएको छ ।

Related

विविध 8358388139809866111

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item