शीर्ष नेताहरुको बैठक निस्कर्ष विहीन

http://sindhulidarpan.blogspot.com/2013/03/news.html
काठमाण्डौ,फागुन १८ ।
प्रधानन्यायाधीश नेतृत्वको सरकार गठनअघि विवादित बनेका विषयमा सहमति गर्न बसेको चारशक्तिका शीर्ष नेताहरुको बैठक विना निस्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलहरुबीच सहमति हुन नसकेपछि त्यहीबाट नेताहरु राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको छलफलमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनाल वाहेकका नेताहरु सहभागि थिए । प्रधानमन्त्री बाबुराम भट्टराई सहित नेपाली काङ्ग्रेसबाट सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, एमालेबाट नेता केपी शर्मा ओली र मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार र तमलोपाका अध्यक्ष महत्न ठाकुर सहभागि हुनुहुन्थ्यो ।

राष्ट्रपति यादवले छिटो सहमति गरि निकास निकाल्न आग्रह गर्नु भएको छ । स्रोतका अनुसार सहमति हुनुअघि नै दलहरुले प्रधानन्यायाधीशका विषयमा प्रचारवाजी गरेको भन्दै राष्ट्रपतिले असन्तुष्टि पोख्नु भएको छ । दलहरुबीच नागरिकता, मतदाता नामावली, सेना समायोजन अन्तर्गत लडाकुको दर्जा निर्धारण, सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा सहमति भइसकेको छैन । कार्यदलले विवाद मिलाउन नसकेपछि शीर्ष नेतृत्वले विवाद समाधान गर्न हिजोबाट छलफल सुरु गरेको छ ।
आज शीर्ष तहमा छलफल भएपछि दोस्रोतहका नेताहरु र कार्यदलका सदस्यसहितको छलफल हुने तय गरिएको थियो । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सहमतिको चुनावी सरकार बनाउने सहमति बने पनि अरु विषयमा विवाद नमिल्दा सहमतिको सरकार बन्न कठिन बनेको छ । माओवादी नेता तथा कार्यदलका सदस्य खिमलाल दवेकाटाले नागरिकता, मतदाता नामावली, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश, पूर्वलडाकूहरुको दर्जा निर्धारणबारे छलफल चलिरहेको र आजको बैठकले केही समाधान गर्न सक्ने बताउनुभयो । हिजोको बैठकमा तीनै विषयमा विवाद भएपछि आज बस्ने गरि सकिएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !