गाविस सचिवहरु आजदेखि काममा फर्किए

http://sindhulidarpan.blogspot.com/2013/03/vdc.html
काठमाण्डौ,फागुन १८ ।
स्थानिय निकायको चुनावको माग गर्दै आन्दोलनमा उत्रिएका गाविस सचिवहरु आजदेखी काममा फर्किएका छन् । संविधानसभाको चुनावसँगै स्थानीय निकायको चुनाव पनि गर्नुपर्ने माग गर्दे गाविस र जिविसको काम ठप्प पारेका सचिवहरु आजबाट काममा फर्किएका हुन् । गाविस सचिव र सरकारबीच हिजो सहमति भएपछि सचिवहरु आजदेखी काममा फर्किएका हुन् ।
हिजो भएको वार्तामा सरकारले गाविस सचिवहरुको कामलाई कसरी सहज बनाउन सकिन्छ भन्ने बारे उपाय पहिल्याउन एक अध्ययन समिती बनाएको थियो । स्थानीय निकाय रिक्त हुदा गाविस सचिवहरुले अहिले गाविस अध्यक्षले गर्ने राजनीतिक प्रकृतिका काम र प्रशासनिक काम दुवै गर्दे आइरहेका छन् । स्थानीय निकायको चुनावका लागी देशभर माहौल बनेकाले दलहरुलाई यसबारे बोध गराउने पनि हिजोका बैठकमा छलफल भएको थियो । गएको १५ बर्षयता स्थानीय निकाय रिक्त रहदा सरकारले कहिले राजनीतिक सँयन्त्र त कहिले गाविस सचिव मार्फत काम गराउदै आएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !