पश्चिमा देशहरुको बैठक ठोस निर्णय विना सकियो

http://sindhulidarpan.blogspot.com/2013/03/meeting.html
काठमाण्डौ,फागुन १८ ।
सिरीयाका विपक्षी दलहरुलाई सघाउने वारे छलफल गर्न इटालीको रोममा बसेको पश्चिमा देशहरुको बैठक ठोस निर्णय विना सकिएको छ । विपक्षी गठबन्धनले सैनिकसँग लड्नका लागी आफूहरुलाई हतियार उपलव्ध गराउन आग्रह गरेपनि छलफलमा सहभागी देशहरुले हतियार उपलव्ध गराउने विषयमा निर्णय गर्न भने सकेनन् । यद्यपी विपक्षीहरुलाई आर्थिक सहयोग गर्न भने पश्चिमा शक्तिराष्ट्रहरु सहमत भएका छन् ।
अमेरीकाले ६० मिलीयन डलर सहयोग गर्ने घोषणा गरेको छ भने अरु देशहरुले पनि द्धन्दमा घाइते भएकाहरुका लागी उपचारमा सघाउने घोषणा गरेका छन् । विपक्षीहरुलाई सहयोग गरिने हतियार अन्य अतिवादीको हातमा पर्न सक्ने आशँका गर्दे पश्चिमा शक्तिराष्ट्रहरु हतियार सहयोगका लागी तयार नभएको सिन्ह्वाले जनाएको छ । बैठकपछि विपक्षी गठबन्धनका नेता मोज अल खतिव र अमेरीकी विदेशमन्त्री जोन केरीले गरेको पत्रकार सम्मेलनमा राष्ट्रपति बसर अल असादसँग सत्ता छाडनुको विकल्प नभएकोमा जोड दिइएको थियो । पछिल्लो समय सरकार र विपक्षीबीच वार्ताको प्रशँग चलिरहेका वेला विपक्षीहरुले पश्चिमा शक्तिराष्ट्रहरुसँग छलफल गरेका हुन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !