मलंगवामा पेस्तोल सहित दुई भारतीय नागरिक पक्राउ

http://sindhulidarpan.blogspot.com/2013/02/d-news.html
सर्लाही,फागुन,१२।
सर्लाहीको सदरमुकाम मलंगवामा आज पेस्तोल सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार भारत सिताढीस्थित कटहरीका २० वर्षिय अनिल साह र सितामढीकै नारांगाका २५ वर्षिय विनोद सहनीलाई प्रहरिले पक्राउ गरेको हो । भारतबाट रिक्सामा आउँदै गर्दा आज दिउँसो तीन बजे मलंगवास्थित गोरखकाली प्रहरी चौकी नजिक शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट एक थान पेस्तोल सहित त्यसमा लाग्ने पाँच राउण्ड गोली बरादम भएको प्रहरी निरक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !