एक दर्जन खसीबाख्रा जलेर मरे

http://sindhulidarpan.blogspot.com/2013/02/news_5180.html
उदयपुर,फागुण,१२।
उदयपुरको रौता गाविस ८ मा आज दिउसो भएको आगलागीमा परि एक दर्जन खसिबाख्रा जलेर नष्ट भएका छन् । स्थानीय हस्तबहादुर मगर र देवबहादुर मगरको घर गोठमा भएको आगलागिमा जलेर ५ वटा खसी र सात वटा बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ । हस्तबहादुरको घरमा एक्कासी सल्किएको आगोले देवबहादुरको पनि घर जलाउदा“ करिव ९ लाख ६० हजार रुपैया बराबरको क्षति भएको हुन सक्ने प्रहरी निरिक्षक श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !