अहिलेको प्रमुख विषय सरकार हटाउने रहेको एमाले नेता नेपालको भनाई


बुटवल,फागुण,१२
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको प्रमुख मुद्दा बाबुराम भट्टराई नेतृत्वको सरकारको बहीर्गमन भएको बताउनु भएको छ । आज बुटवलमा संचारकर्मीसँग कुरा गर्दै नेता नेपालले बाबुराम नेतृत्वको सरकारको बहिगर्मनपछि बन्ने सहमतीय सरकारले मात्रै संबिधान सभाको निर्बाचन गराउन सक्ने दाबी गर्नुभयो । नेता नेपालले मुलुकको दोस्रो कार्यभार भनेको संबिधानसभाको निर्वाचन भएकाले जति सक्यो चाडो निर्बाचन सुनिश्चित गर्ने शर्तमा एमालेले प्रजातान्त्रिक मुल्य र मान्यताको धरातलमा रहेर राष्ट्रिय सहमती कायम गर्ने कुरामा हदैसम्म लचिलो बन्न तयार रहेको उल्लेख गर्नुभयो ।  बहालवाला भन्दा पनि पूर्वप्रधान न्यायधीशको नेतृत्वमा चुनाव सरकार बनाउँदा उपयुक्त हुने उहाको भनाई छ ।

Related

राष्ट्रिय 8293417113158120693

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item