चिसोले सिन्धुलीमा एकको ज्यान गयो

http://sindhulidarpan.blogspot.com/2013/02/death_19.html
सिन्धुली,फागुन ८ ।
सिन्धुलीको नेत्रकाली गाविस वडा नं. ८ मा चिसोले कठ्याङग्रियर आज एक जनाको मृत्यु भएको छ । अन्दाजी ३५ वर्षका एक पुरुषको मृत्यु भएको र मृतकको नाम भने खुल्न नसकेको नेत्रकालि १ चौकीडाँडाका सरोज दोङले जानकारी दिनुभयो ।
आईतवार परेको पानी सगै त्यस गाविसका वडा नं.१, ८ र ९ मा हिमपात पर्नुका साथै वाक्लो कुहिरो समेत लागिरहेको छ । ३ दिन देखि त्यस क्षेत्रका मानिसहरुलाई घरवाहिरका कामहरु समेत गर्न समस्या भएको दोङ्को भनाई छ । अन्य ठाउँमा मौसम परिवर्तन भई घाम लागेपनि त्यस क्षेत्रमा भने बाक्लो हुस्सु लाग्नुका साथै हिमपात समेत परेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !