सिन्धुलीको हर्षाहीमा सर्पदंस तालिम सुरु


सिन्धुली,फागुन ८ ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको आयोजनामा सिन्धुलीको हर्षाही गाविसमा २ दिने सर्पदंश तालिम आजवाट सुरु भएको छ ।     नेपाल रेडक्रस सोसाइटी शाखा हत्पतेका उपसभापती सरुपलाल दनुवारको अध्यक्षता तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा सर्पदंशका विशेषज्ञ डाक्टर छविलाल थापामगरको प्रमुख आतिथ्यतामा उक्त तालिम सुरु भएको हो । तालिम उद्घाटन गर्दै प्रमुख अतिथि थापामगरले सर्पदशं उपचारका लागि प्राथमिक उपचार सचेतनाहरु समुदायको सबै तहमा पु¥याउन सकेमा कसैले पनि अकालमा ज्यान गुमाउनु नपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सबै यसमा सचेत हुनुपर्ने बताउनु भयो । 

    सर्प प्रभावित क्षेत्रमा तत्काल उपचार उपलब्ध गराउन समुदाय स्वास्थ्य संस्था सहकारी निकायहरुलाई प्रेरणा दिनको लागि उक्त तालिमको आयोजना गरिएको कार्यक्रमका अतिथि एवं नेपाल रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले बताउनु भयो । उहाँले तालिम बाट सर्पदशंको प्रभावलाई कम गर्ने खालको सिफारीस तथा योजनाहरु बनाउन र कमलाखुँज क्षेत्रमा आकस्मीक कोष स्थापना गरी सर्पले टोकेर विरामी परी उपचार गर्न नसक्ने व्यक्तिका लागि सहयोग पु¥याउनका लागि सहज बनाउन उक्त तालिम आवश्यक भएकाले तालिम आयोजना गरिएको बताउनु भयो ।
यहि फागुन ८ र ९ गते संञ्चालित उक्त तालिम जिल्लाका हर्षाही निपाने हत्पते, सिर्थौली, टाडी, रानीबास र लदाभिरका हेल्पोष्ट इन्र्चा,हेल्पोष्ट व्यवस्थापन समितिका अध्यक्षहरु, रेडक्रस उपशाखाका सभापतिहरु,सर्पदंश उपचार केन्द्रका  पदाधिकारी र हर्षाहीका मेडिकल व्यवसायी गरी ३० जनालाई उक्त तालिम दिइएको हो । कार्यक्रममा खानेपानी तथा सरसफाईका प्रमुख अमरमणी पौडेल लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । भने कार्यक्रमको स्वागत मन्तव्य कोषाध्यक्ष प्रेम लामाले गर्नुभएको थियो भने सञ्चालन रेडक्रसका परियोजना अधिकृत गङगा श्रीसले गरेकी थिइन् ।

Related

प्रमूखखबरहरु 5011246753533162209

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item