खुर्कोट बजारमा दुध संकलन


खुर्कोट,फागुन ८ ।
सिन्धुलीको खुर्कोट बजारमा कषक उत्थान दुग्द उत्पादक सहकारी संस्था लिमिटेडले दुध संकलन तथा विक्रि सुरु गरेको छ । भिमेश्वर गाविस खुर्कोटमा संस्थाले फाल्गुण १ गतेबाट दुध संकलन तथा विक्रि थालेको संस्थाको अध्यक्ष सुमित्राकुमारी बस्नेतले जानकारी दिनु भयो ।

उक्त दुग्द संकलन केन्द्रले खुर्कोट बजार आसपासको करिब २ सय घर परिवार कृषकलाई फाईदा पुग्ने अध्यक्ष बस्नेतले वताउनुभयो । संकलन भएको दुध खुर्कोट बजारमा खपत गर्ने र धेरै भएमा सिन्धुलीमाढी ल्याउने योजना रहेको अध्यक्ष बस्नेतले जानकारी दिनु भयो ।

Related

प्रमूखखबरहरु 3281410442671168902

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item