काट्दै गरेको रुखले किचेर एकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2013/02/death_25.html
हरिवन,फागुन १४ ।
सर्लाहीको भक्तिपुरस्थित सागरनाथ जंगलमा काट्दै गरेको रुखले किचेर आज एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार आज बिहान ९ बजेतिर काट्दै गरेको रुखले लागेर भक्तिपुर वडा नम्बर ३ निवासी अन्दाजी ४५ वर्षिय पञ्चलाल सिङ्तानको मृत्यु भएको हो । बाटो हिंडिरहेका बेला सिङ्तानलाई रुखले लागेको प्रहरीले जनाएको छ । रुख कसले काटेको भन्ने बारेमा भने खुलिसकेको छैन ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !