सिन्धुलीमा खेताला शिक्षकलाई कारवाही


मिनकुमार दाहाल,
सिन्धुली,फागुन ५ ।
जिल्ला शिक्षा कार्यालयले एक जना खेताला शिक्षकको तलव रोक्का गरेको जनाएको छ । डुडभन्ज्याङ्ग गाँउ विकास समितीको पाटनदेवी प्राथमिक विद्यालय कात्तिकेमा रहेको विद्यालयमा खेताला शिक्षक राखेको भन्ने उजुरी परे पछि छानविन गर्दा सो विद्यालयका शिक्षक विनोद राउत लामो समय देखी विद्यालयमा उनुपस्थित रहेको जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुईटेलले जानकारी दिनुभयो । 

विद्यालयमा पढाउन नगएका शिक्षक विनोद राउतको दशै देखी विद्यालयको खाता रोक्का गरि दिएको उहाँले वताउनुभयो । जिल्ला शिक्षा कार्यालयले विहिवार आयोजना गरेको वार्षिक कार्यक्रम सम्वन्धी अभिमुखी करण छलफलमा सहभागी दिपक मिश्रले उठाएपछि जिल्ला शिक्षा अधिकारीले खेताला शिक्षकको वारेमा जानकारी दिनुभएको थियो । जिल्लाको कुनै पनि विद्यालयमा खेता शिक्षक राखेर दरवन्दीको शिक्षक अन्यत्र कतै गएको जानकारी दिए उसलाई कारवाही गरिने लुईटेलले वताउनुभयो ।

Related

स्थानिय 2970201910441255082

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item