कटारी र दुधौलीमा कन्सर्ट

http://sindhulidarpan.blogspot.com/2013/02/musical-consort.html
ऋषि राई
कटारी,फागुन ५ ।
शुक्रवार उदयपुर र सिन्धुलीको सिमानामा रहेको कमला खोला वारी–पारी गर्दै दुवैतिर श्रोता , दर्शकहरुले रमाईलो गरे । उदयपुरको कटारीमा गायक शिव थापा मगर , हाँस्य कलाकार गणेश ईशारा , उल्टो मोटरसाईकल यात्री चित्र कुमार कार्की , मुखवाट सवैभन्दा वढी आगो वाल्ने लगाएतका तीन विधामा विश्व रेकर्ड राख्न सफल अम्बिका प्रसाद निरौला दर्शकहरुलाई मनोरञ्जन दिन तैनाथ थिए । त्यसैगरी नजिकै खोला पारी सिन्धुलीको दुधौलीमा भने गायक दिपक लिम्वु र रोशन शाही मनोरञ्जन दिलाउन उपस्थित थिए ।
नजिकै भएपनि दुवैतिर रोजाईका कलाकारहरुको प्रस्तुती एकै दिन परेपछि दर्शकहरुलाई भ्याई , नभ्याई भएको हो । सरस्वती पुजाको अवसरमा कटारीमा मुना मदन ईङ्लिस वोर्डिङ् स्कूलले कार्यक्रमको आयोजना गरेको थियो भने दुधौलीमा लिटिल फ्ल्वावर ईङ्लिस वोर्डिङ् स्कूलले कार्यक्रमको आयोजना गरेको थियो । म्युजिक खवर अवार्ड –२०६९ मा उत्कृट पप गायन विधामा अवार्ड विजेता गायक मगरले कटारीमा नयाँ गीत , आजै हो तिमीलाई देखेको , छड्के सलाम , सँगै पुरानो गीत लुकि लुकि , गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाए । अवार्ड विजेता मगर पछिल्लो समय पूर्वाञ्चलका विभिन्न कार्यक्रमहरुमा व्यस्त र रोजाईका गायक हुन् ।
त्यसै गरी नेपाली तारा दिपक लिम्वुले दुधौलीमा ढल्क्यौ ढल्क्यौ , वोलको गीतवाट आफ्नो प्रस्तुती दिन सुरु गरेर दर्जन वढी गीतहरु पस्केर दर्शकहरुको मन जित्न सफल भए । त्यस्तै कटारीमा हाँस्य कलाकार गणेश ईसारा विभिन्न नेताहरुको क्यारिकेचर दुरुस्तै गरेर दर्शकहरुलाई पेट मिचि मिचि हँसाए भने रिस्कू गाविसका स्थानीय कलाकार र स्कूलका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेर थप मनोरञ्जन दिलाए । त्यस्तै दुधौलीमा गायक रोशन शाहीले पनि मनोरञ्जन दिलाउन केहि कसर वाँकी राखेनन् ।
कटारीमा भएको कार्यक्रमलाई रिस्कू गाविसको विभिन्न समूह र विद्यालयहरुले पनि सहयोग गरेका थिए । सरस्वती पुजाकै अवसरमा श्री त्रिवेणी उमावि , कटारी , मावि भोर्ले कटारी , लगाएतका विद्यालयमा पनि विभिन्न साँस्कृतिक कार्यक्रमहरु भएपछि दर्शकहरु वाँडिएका थिए ।
नजिकै भएपनि दुवैतिर रोजाईका कलाकारहरुको प्रस्तुती एकै दिन परेपछि दर्शकहरुलाई भ्याई , नभ्याई भएको हो । सरस्वती पुजाको अवसरमा कटारीमा मुना मदन ईङ्लिस वोर्डिङ् स्कूलले कार्यक्रमको आयोजना गरेको थियो भने दुधौलीमा लिटिल फ्ल्वावर ईङ्लिस वोर्डिङ् स्कूलले कार्यक्रमको आयोजना गरेको थियो । म्युजिक खवर अवार्ड –२०६९ मा उत्कृट पप गायन विधामा अवार्ड विजेता गायक मगरले कटारीमा नयाँ गीत , आजै हो तिमीलाई देखेको , छड्के सलाम , सँगै पुरानो गीत लुकि लुकि , गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाए । अवार्ड विजेता मगर पछिल्लो समय पूर्वाञ्चलका विभिन्न कार्यक्रमहरुमा व्यस्त र रोजाईका गायक हुन् ।

कटारीमा भएको कार्यक्रमलाई रिस्कू गाविसको विभिन्न समूह र विद्यालयहरुले पनि सहयोग गरेका थिए । सरस्वती पुजाकै अवसरमा श्री त्रिवेणी उमावि , कटारी , मावि भोर्ले कटारी , लगाएतका विद्यालयमा पनि विभिन्न साँस्कृतिक कार्यक्रमहरु भएपछि दर्शकहरु वाँडिएका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !